१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १० आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १० आइतबार १४:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्कीको दाबी- गठबन्धन भत्किँदैन, अन्तिम घडीमा सबै कुरा मिल्छ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १० आइतबार १४:२२:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धन जोगाइराख्न सफल हुने दाबी गरेका छन्।

आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिएपछि कांग्रेस नेतासमेत रहेका मन्त्री कार्कीले यस्तो विश्वास व्यक्त गरेका हुन्। 

उनले गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेकोसमेत बताए। पहिलोपटक आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडानमा प्रधानमन्त्री देउवा सहमत नभएपछि आजको बैठकबाट प्रचण्ड बाहिरिएका थिए। 

उनले केहीबेर पछि फेरि बैठक बस्ने दाबी गरे। ‘गठबन्धन अहिले मुलुकको आवश्यकता हो । र, छलफल जारी छ । केही समयपछि फेरि  बैठक सुचारु हुन्छ । र, हामी एउटा निर्णयमा पुग्छौँ । गठबन्धन मुलुकको आवश्यकता हो । हामी गठबन्धनलाई जोगाइराख्नका लागि गठबन्धनको आवश्यकता हामीले महसुस गरेका छौँ। आफ्नो–आफ्नो दलमा पनि छलफल हुन्छ । सबै कुरा अन्तिम घडीमा हुन्छ।’

कार्कीले सबै कुरा अन्तिम समयमा हुने नेपाली राजनीतिको परम्परा भएको उल्लेख गर्दै अन्तिममा आएर सबै कुरा मिल्ने बताए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्नका लागि आह्वान गरेको एक हप्ताको समय आजै अपराह्न ५ बजे सकिँदै छ।