मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ पौष ९ शनिबार २०:०५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सुकीविरुद्ध १८ महिना लामो सुनुवाइको अन्तिम फैसला आगामी हप्ता 

Read Time : < 1 मिनेट
२०७९ पौष ९ शनिबार २०:०५:००

म्यानमारको जुन्ता सरकारको नियन्त्रणमा रहेको अदालतले आङ सान सुकीको १८ महिना लामो सुनुवाइको अन्तिम फैसला अर्को हप्ता सुनाउने भएको छ।

नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई विभिन्न भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गर्ने र सरकारी गोपनीयतासम्बन्धी ऐनको उल्लंघन गरेकाे सहित १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ।

उनीविरूद्धको मुद्दामा सुनुवाइ सुरु भएदेखि सुकीलाई केवल एकपटक मात्र सार्वजनिक रूपमा देखाइएको छ। उनको तस्बिर र भनाइहरू पनि जुन्ता सरकारप्रति बफादार राज्य सञ्चालित सञ्चारमाध्यम र वकिलहरूमार्फत बाहिरिने गरेका छन्। 

म्यानमारको प्रजातान्त्रिक संघर्षमा उहाँको दशकौँदेखि प्रभाव रहँदै आएको अहिंसाको मूल सिद्धान्तविपरीत उनको समर्थन रहेको ‘पिपुल्स डिफेन्स फोर्सेज’ देशभरि सेनासँग नियमित रूपमा भिडिरहेको छ।

गत वर्ष जनरलहरूले सत्ता कब्जा गरेर सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरेदेखि नै देश उथलपुथलमा छ। भ्रष्टाचारका बाँकी पाँचवटा अभियोगमा उनको मुद्दाको अन्तिम बहस सोमबारका लागि तय भएको छ र त्यसको केही समयपछि फैसला हुने अपेक्षा गरिएको छ।

अदालतले उनलाई यसअघि नै सजाय सुनाइएका २६ जनालाई ७५ वर्षको जेल सजाय दिन सक्ने र बन्द कोठामा सुनुवाइ गर्न सक्ने अनुमान गरिएको छ। 

इन्टरनेसनल क्राइसिस ग्रुपका रिचार्ड होर्सीले जुन्ताले थप आरोप लगाउने सम्भावना नरहेको बताएका छन्। होर्सीले एएफपीसँग भने, ‘सेनाले अर्को वर्ष बेलायतबाट स्वतन्त्र भएको ७५औँ वर्षगाँठको उपलक्ष्यमा मनाइने उत्सवमा ध्यानकेन्द्रित गर्न चाहेको छ।’

होर्सीले भने, ‘तर चुनावपछि कुनै पनि नयाँ सैन्य सरकारले ‘सम्भवतः सुकीसँग सम्पर्क गर्न सक्छ र विपक्षीलाई विभाजित गर्न यस्ता वार्ताको प्रयोग गर्न सक्छ।’ 

म्यानमार विश्लेषक सोई मिन्त आङले सुकीको मुद्दाको सुनुवाइ सकिएपछि उनको ‘अनपेक्षित क्षमादान र रिहाइको सम्भावना सधैँ रहने’ बताए।