मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष ८ शुक्रबार १४:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विशेषको फैसला सर्वोच्चले उल्टायो, सिन्धुपाल्चोकका एसपी यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष ८ शुक्रबार १४:५६:००

सर्वोच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै सिन्धुपाल्चोकमा प्रहरी प्रमुखका रूपमा कार्यरत नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्टाउँदै यादवलाई दोषी ठहर गरेको हो । 

०७० मा रुपन्देहीमा कार्यरत रहँदा अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

विशेष अदालतले ०७१ मा उनलाई निर्दोष साबित गरेको थियो । साढे सात वर्षपछि सर्वोच्च अदालतले सोही मुद्दामा विशेष अदालतको फैसला उल्टाउँदै हाल एसपी रहेका यादवलाई दोषी ठहर गरेको हो । 

सर्वोच्चले उनीसँगै प्रहरी हवल्दार ढकबहादुर गुरुङलाई पनि दोषी ठहर गरेको छ ।