Skip This
गोदावरीमा टिपरको ठक्करबाट बालकको मृत्यु, राजमार्ग तनावग्रस्त 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ पौष ६ बुधबार १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोदावरीमा टिपरको ठक्करबाट बालकको मृत्यु, राजमार्ग तनावग्रस्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार १६:३५:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका– ७, लालपुरमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

सुपप्र ०१००१ क २०२० नम्बरको टिपरले अटोरिक्सालाई ठक्कर दिँदा स्थानीय करिब तीन वर्षीय भरत ठकुल्लाको मृत्यु भएको हो।

टिपरको ठक्करबाट अटोरिक्सामा सवार भरत र उनकी २९ वर्षीया आमा पेन्टी ठकुल्ला घाइते भएका थिए। 

टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएका भरतको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। टाउको र दाहिने हातमा चोट लागेकी पेन्टीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

टिपरको ठक्करबाट बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले लालपुरमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। 

उनीहरूले चालकलाई कारबाही र मृतकका आफन्तलाई क्षतिपूर्तिको माग गरेका छन्। राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका स्थानीय र यातायात सुचारु गर्न खटिएका प्रहरीबीच झडप भएको छ। 

बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गरेपछि प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेका हुन्। प्रहरीमाथि ढुंगामुढा भएपछि तनावको अवस्था सिर्जना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

आन्दोलनकारी हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। प्रहरी नायब उपरीक्षक जोशीले राजमार्ग खुलाउने प्रयास भइरहेको बताए। टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।