१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ पौष ६ बुधबार ११:१३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ पौष ६ बुधबार ११:१३:००

लियोनल मेस्सीले ३५ वर्षको उमेरमा अर्जेन्टिनालाई आफ्नै कप्तानीमा विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेले । खानपान, सन्तुलित जीवनशैली र वर्कआउटकै कारण उनी फिट छन् । 

उनी ब्रेकफास्टमा पर्याप्त मात्रामा तरकारी र फलफूल समावेश गर्छन् भने लन्चमा सलाद र गेडागुडी लिने गरेका छन् । त्यस्तै,  आफ्नो इनर्जी लेभल बढाउनका लागि उनी डाइटिसियनको सल्लाहमा बेसार, मरिच र अदुवा मिसाइएको विशेष सुप लिने गर्छन् । 

डिनरमा  ब्राउन राइस, ट्युना र पास्ता खाने गर्छन् । कुनै पनि खेलअघि उनी कार्बोहाइड्रेटको मात्रा कम हुने खानेकुरा मात्रै खान्छन् । खेल सुरु हुनुभन्दा अघि इनर्जी लेभल बढाउनका लागि प्रोटिन सेक वा पानी लिने गर्छन् । दिनमा झन्डै तीनपटक प्रोटिन सेक र ७–८ गिलास पानी पिउँछन् । 

मेसी मैदानमा धेरै दिशामा कसरी कुद्ने भन्नेमा सजग छन् । उनी यसका लागि स्पिड बढाउने टे«निङ गर्छन् । उनी वेट ट्रेनिङ र स्ट्रेचिङमा पनि उत्तिकै ध्यान दिन्छन् । स्ट्रेन्थ, स्पिड र स्ट्रेचिङ नै उनको प्राथमिकतामा पर्छन् । मेसीले हरेक दिन एक घन्टाभन्दा धेरै समय स्ट्रेचिङ गर्ने गरेका छन् । त्यस्तै, पिलर ब्रिज, नी हग लन्ज, इन्भर्टेड ह्यामिस्ट्रिङ स्टे«च, पिलर स्पिक, हर्डल होप अभ्यास उनी गर्ने गर्दछन् ।