मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ४ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष ४ सोमबार o९:२३:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाली सेनाका सेवानिवृत्त मेजर जनरल विनोज बस्न्यातलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष ४ सोमबार o९:२३:oo

भारतले गोर्खा भर्तीलाई निरुत्साहित गर्न खोजिरहेको समाचारलाई कसरी हेर्नुभएको छ? 
भारतको यस निर्णयबाट राष्ट्रियस्तरमा कस्तो प्रभाव पर्छ भनेर हेर्नुपर्छ । यस्ता विषयमा हामीले व्यावहारिकतालाई पन्छाएर भावनामा बग्नुहुँदैन । हामी सबैतिरबाट तयार नहुन्जेल र नेपाली युवालाई विभिन्न देशमा पठाएर आएको रेमिट्यान्सबाट देश चलुन्जेल अहिले कायम गोर्खा भर्तीको परम्परालाई कायमै राख्न सके राम्रो हुन्छ । हामीले भावनामा बगेर द्विपक्षीय सम्बन्धमा असर पर्ने गरी अपरिपक्व कूटनीति प्रदर्शन गर्नुहुँदैन । 

पछिल्लो समय भारतले ल्याएको ‘अग्निपथ’ योजनाबारे के भन्नुहुन्छ ?
यो योजना ल्याउँदै गर्दा भारतलाई पनि नेपालसितको सम्बन्धमा असर पर्ने थाहा थियो भने नेपाललाई पनि भारतले यस्तो योजना ल्याउँदै छ भन्ने जानकारी थियो । समयमै यसको असरबारे नसोच्नु नेपालको कमजोरी हो । भारतीय गोर्खाबाट आउने रेमिट्यान्स र त्यहाँबाट सेवानिवृत्त भई आउने जनशक्तिको स्वदेशमा हुन सक्ने सम्भावित उपयोगबारे समयमै सोचेर यसलाई निरन्तरता दिनेतर्फ पहल गर्नुपर्थ्यो । 

गोर्खा भर्ती पूर्णतः रोकियो भने नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा कस्तो प्रभाव पर्ला ?
यो प्रक्रिया रोकियो भने द्विपक्षीय सम्बन्धमा चिसोपन आउनु स्वाभाविक हो । भारतमा नेपाली मूलका भारतीय युवाको कमी नभएकाले उसलाई नेपाली युवा नभए पनि खासै असर पर्दैन । तर, हामीलाईचाहिँ यसबाट बढी असर पर्छ ।