
पुरूषहरूका लागि विशेष रूपमा तयार कपडाको अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याकबेरी नेपाल प्रवेश गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै लाभिडाले काठमाडौंका प्राइम लोकेसनहरूमा सोरुमको व्यवस्था गरेको जनाएको छ।
सातदोबाटोस्थित सेल्सबेरी, लबिम मल, सिभिल मल र दरबारमार्गमा लाभिडाले ब्ल्याकबेरीको सोरुमको व्यवस्था गरेको छ। सोरुमहरूमा ग्राहकले चाहेजस्ता मौसमअनुसार सबैखाले औपचारिक, अनौपचारिक, सांस्कृतिक, कार्यालय सुहाउँदा कपडाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।
तीन वर्षअघि स्थापना भएको लाभिडाले विभिन्न विश्वस्तरीय ब्रान्ड नेपाल ल्याउने गरेको छ।