१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर २६ सोमबार १९:५६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुलस्थित चिनियाँ होटेलमा भीषण आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १९:५६:oo

अफगानिस्तानको राजधानी काबुलमा सोमबार अज्ञात बन्दुकधारी समूहले चिनियाँ होटेलमा आक्रमण गरेका छन्।

काबुलको लोङ्गान होटेलबाट धुवाँको मुस्लो निस्किएको छ। घटनापछि तालिबान सुरक्षा बल घटनास्थलमा पुगेको छ।  होटेललाई सिल गरेको छ। 

काबुल प्रहरीका एक प्रवक्ताले पत्रकारहरूसँग कुरा गर्दै उक्त आक्रमण ‘अराजक तत्वहरू’ले गरेको प्रतिक्रिया दिएका छन्। ह्वाट्सएप सामाजिक सञ्जाल समूहसँग कुरा गर्दै उनले भने, 'सुरक्षा बल त्यस क्षेत्रमा पुगिसकेको छ र आक्रमणकारीलाई हटाउने काम भइरहेको छ।'

गत वर्षको अगस्टमा सत्तामा आएयता तालिबानले सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ थुप्रै बम विस्फोट र आक्रमण भएको इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरले दाबी गरेको छ।

एएफपीका संवाददाताहरूले सहर–ए–नाउको एक व्यापारिक र आवासीय इलाकाको घटनास्थल नजिकै धेरै विस्फोट र गोलीबारीको आवाज सुनेकाे बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले पनि यसको पुष्टि गरेका छन्। 

सामाजिक सञ्जालमार्फत बाहिरिएको र सबैतिर फैलिएको एक भिडियोमा मानिसहरू भवनको तल्लो तलामा रहेको झ्यालबाट बाहिर निस्किरहेको देखिन्छ, जसमा होटेलको साइनबोर्ड अंग्रेजी र चाइनिज भाषामा स्पष्ट देखिन्छ।

त्यसैगरी, अर्को एक भिडियोमा धुवाँको बाक्लो मुस्लोसहित अर्को भागबाट ठूलो आगोको ज्वाला निस्केको देखिन्छ। घटनापछि एउटा हेलिकोप्टरले त्यस क्षेत्रको धेरै निकासहरूमा अनुगमन गरिरहेको देखिएको थियो। 

यो होटेल उच्च जोखिम तर सम्भावित आकर्षक व्यापारिक सम्झौताहरूको खोजीमा तालिबानको फिर्तीपछि अफगानिस्तानमा आएका चिनियाँ व्यापारिक आगन्तुकहरूको लागि लोकप्रिय आश्रयस्थल मानिन्छ। 

अफगानिस्तानसँग ७६ किलोमिटर (४७ माइल) लामो सीमा जोडिएको चीनले आधिकारिक रूपमा तालिबान सरकारलाई मान्यता दिएको छैन तर विश्वको दोस्रो शक्तिशाली अर्थतन्त्र मानिने चीन त्यहाँ पूर्ण कूटनीतिक उपस्थिति कायम गर्ने थोरै देशमध्ये एक हो।