Skip This
श्रीमानले बञ्चरो हानेर हत्या गरेको खुल्यो : प्रहरी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o७९ मङ्सिर २६ सोमबार १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

श्रीमानले बञ्चरो हानेर हत्या गरेको खुल्यो : प्रहरी

धनुषामा महिला हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार १२:२३:oo

धनुषामा आज एकाबिहानै भएको महिलाको हत्यामा श्रीमानकै संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ । 

सुतिरहेको ठाउँमा धारिलो हतियार प्रहार गरी आज बिहान ४ बजे २८ वर्षीया अमृता यादवको हत्या भएको थियो । 

धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका वीरेन्द्र यादवले नै आफ्नी श्रीमती अमृताको हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रमुख एसपी वसन्त रजौरेले जानकारी दिए । 

प्रहरीले घटनालगत्तै वीरेन्द्रलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । एसपी रजौरेका अनुसार सोधपुछको क्रममा वीरेन्द्रले आफूले बञ्चरो प्रहार गरी हत्या गरेको बयान दिएका थिए । 

बञ्चरो प्रहार गरी गम्भीर घाइते बनाएपछि वीरेन्द्रले नै अमृतालाई अस्पताल पुर्‍याएका थिए । जनकपुरधामको काव्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

प्रहरीले यादवले प्रहार गरेको बञ्चरोसमेत फेला पारेको छ । श्रीमतीमाथि प्रहार गरेको बञ्चरो उनले आफ्नै जमिनमा रहेको पोखरीमा फालेका थिए । 

सुरुमा उनले चार–पाँचजनाको समूहमा आएका नकाबधारी व्यक्तिले अमृतामाथि आक्रमण गरेर फरार भएको प्रहरीलाई बताएका थिए । तर, आशंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 

अमृताको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।