Skip This
उपमहानगरको गेटमा ‘मेयर’ हराएको सूचना !
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २५ आइतबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर २५ आइतबार १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपमहानगरको गेटमा ‘मेयर’ हराएको सूचना !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २५ आइतबार १९:o६:oo

दाङको तुलसीपुर उपमहानगरपालिकाको गेटमा ‘मेयर’ हराएको सूचना टाँसिएको छ। तुलसीपुर उद्योग वाणिज्य संघले आइतबार गेटमा मेयर हराएको सूचना टाँसेका हाे।

संघले तुलसीपुरमा आजदेखि सुरु भएको महोत्सवको विरुद्धमा दिनभर गेटमा धर्ना दियाे। उपमहानगरपालिकाको मुख्य गेटमा पनि तालाबन्दी गरे। तर, पनि मेयर टीकाराम खड्का दिनभर उपमहानगरपालिकामै नआएपछि टोलीले गेटमै मेयर हराएको सूचना भन्दै पेन्ट गरेको छ।

‘हामीले दिनभर मेयरको प्रतीक्षा गर्‍यौँं, हामी मेयरसँग वार्ता गर्न चाहन्थ्यौँ,’संघका वरिष्ठ उपाध्यक्ष मीनराज भण्डारीले भने, 'तर हामीलाई मेयरले न त फोन गर्नुभयो न त कार्यालयमा नै आउनुभयो।’ 

मेयरलाई भेट्टाएमा फोन गर्नुहोला भनी नम्बर पनि दिइएको थियो। उपमहानगरपालिका कार्यालय दिनभर बन्द हुँदा सेवाग्राही मर्कामा परेका थिए। 

तुलसीपुरमा युथ अफ क्लब तुलसीपुरले आइतबारदेखि महोत्सव सुरु गरेको छ। उक्त महोत्सव पुस ६ गतेसम्म सञ्चालन हुनेछ। तर, उद्योग वाणिज्य संघले महोत्सव अवधिभर उपमहानगरपालिका कार्यालय बन्द गर्ने निर्णय गरेको छ। 

संघले उपमहानगरपालिकाको असक्षम निर्णयका कारण महोत्सवको विषयमा विवाद उत्पन्न भएको संघका महासचिव बिनिल केसीले बताए। उपमहानगरपालिकाले दोहोरो चरित्र देखाउँदा विवाद सिर्जना भएको उनले बताए। 

मंसिर १५ गते दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्कासहितको सहभागितामा भएको सर्वपक्षीय बैठकले ४ बुँदे सहमति गरेको थियो।

जसको दोस्रो नम्बर बुँदामा युथ अफ तुलसीपुरले महोत्सव पुनः लगाउन चाहेमा उद्योग वाणिज्य संघ र चेम्बरको सूचीअनुसार मात्रै व्यापारिक स्टल राख्न सकिने भन्ने सहमति थियो। त्यो सहमति कार्यान्वयन नभएको भन्दै संघले आन्दोलन गरेको हो। संघले व्यावसायिक कर, फोहोर व्यवस्थापन कर केही पनि नतिर्ने निर्णय गरेकोसमेत केसीले बताए।