Skip This
साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २२ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ मङ्सिर २२ बिहीबार ११:१८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २२ बिहीबार ११:१८:oo

काठमाडौंका विकास महर्जन पाल्पाकोे तानसेनमा ओर्लिएपछि  आकाशमा चंगा उडेजस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित भए । चौथोपटक पाल्पा घुम्न आएका उनलाई यसपालि भने प्याराग्लाइडिङले तान्यो । ‘ऐतिहासिक तानसेन बजारलाई आकाशबाट हेर्दाको मज्जा नै बेग्लै हुँदोरहेछ,’ उनी भन्छन्, 

‘चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाइडिङ राम्रो माध्यम बनेछ ।’ ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचान अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ सञ्चालित साहसिक जलयात्रा (¥याफ्टिङ), प्याराग्लाइडिङ र जिपलाइनले पर्यटकलाई आकर्षित मात्र गरेको छैन्, जिल्लाको पर्यटन प्रवद्र्धनमा थप टेवासमेत पुर्‍याएको छ । 

पहिलोपटक रानीमहल घुम्न आएका नेपालगन्जका सुदीप पौडेलले कालीगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिए । ‘पहिला त निकै डर लागेको थियो, पछि र्‍याफ्टिङ गर्दा आनन्द महसुस भयो,’ उनी भन्छन्, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न कालीगण्डकी राम्रो गन्तव्य रहेछ ।’ तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुंगे चट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जलयात्रा सुरु गरिएपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटनसँग सम्बन्धित काम गर्ने संस्था गेट अप पाल्पाका अनुसार यहाँ दैनिक पाँच सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गर्दछन् । 

यहाँका ऐतिहासिक तानसेन बजार, रानीमहल, भैरव मन्दिर, ऋषिकेशवलगायत स्थान मुख्य गन्तव्य हुन् । रानीमहलमा मात्रै दैनिक दुई सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्दछन् भने दैनिक १५ देखि २० जनाले साहसिक जलयात्रा गर्दछन् । 

स्याङ्जा बिर्घाकी १६ वर्षीया नितिसा पाण्डेले चारपटक रानीमहल भ्रमण गरे पनि साहसिक जलयात्रा भने गरेकी थिइनन् । उनी भन्छिन्, ‘मेरो घरनजिकै भएर पनि यहाँ (र्‍याफ्टिङ) सुविधा छ, भन्ने थाहा थिएन ।’ चौथोपटक रानीमहल आउँदा अन्य साथीले जलयात्रा गरेको देखेर आफूले पनि जलयात्रा  गर्न साहस गरेको उनी बताउँछिन् ।

तानसेनको बतासेडाँडाबाट प्रभास तालछेउसम्म प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । एक पाइलट र एक यात्रु राखेर तानसेन बजार, श्रीनगरलगायत मनोरम स्थलका दृश्यावलोकन गराउने गरिएको तानसेन स्काईका सञ्चालक रुपम कक्षपतिले जानकारी दिए ।

यात्रुहरूको रोजाइअनुसार २० देखि ४५ मिनेटसम्म आकाशमा उडाउने गरिएको उहाँको भनाइ थियोे । प्याराग्लाइडिङबाट सुन्दर फाँट र उत्तरी क्षेत्रका हिमशृंखलासमेत हेर्न सकिन्छ । प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मंसिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । पोखरा, स्याङ्जा, धरान, लतिपुर, काठमाडौंलगायत क्षेत्रमा प्याराग्लाइडिङ हुँदै आएको छ ।

सामान्यतया एक हजार मिटरमाथिसम्म प्याराग्लाइडिङ उडान हुने गर्दछ । तानसेन बजारसँगै जोडिएको रिब्दीकोट गाउँपालिका–४ स्थित भैरवस्थानमा रहेको भैरव मन्दिरको आडैबाट  सञ्चालित जिपलाइन यहाँ आउने पर्यटकको अर्को गन्तव्य बनेको छ । पाँच सय मिटर दूरीको जिपलाइनमा डोरीमा झुन्डिँदै साइक्लिङ गर्न दैनिक १५ देखि २० जना पुग्ने गरेको त्यसका सञ्चालक देव पचभैया बताउँछन् । रासस