१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर २२ बिहीबार १०:५९:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

अनुष्काको फिटनेस मन्त्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर २२ बिहीबार १०:५९:००

भारतीय अभिनेत्री अनुष्का सेन इन्स्टाग्राममा निकै चर्चित छिन् । इन्स्टामा उनका तीन करोड ९० लाखभन्दा बढी फलोअर्स छन् । उनी कहिले आफ्नो स्टाइलिस लुक्स त कहिले डान्स भिडियो हालेर फ्यानहरूको ध्यान आकर्षित गर्छिन् । केही दिनअघि मात्रै उनले आफ्नो वर्कआउट भिडियोलाई इन्स्टामा सेयर गरेकी छिन् । 

फिटनेसको मामिलामा यी अभिनेत्री निकै अघि छिन् । उनी जिममा घन्टौँसम्म पसिना बगाउँछिन् । जिम जान नपाएका वेला घरमै एक्सरसाइज वा योगा गर्छिन् । रनिङ, क्रिस–क्रोस, जम्प्स, वेट लिफ्टिङ र जम्पिङ स्क्वायट्स उनलाई मन पर्ने अभ्यास हुन् । उनी भन्छिन्, ‘आकर्षक शरीर बनाउनका लागि तपाईंले व्यायामलाई निरन्तरता दिन जरुरी छ ।’ समय मिलेका वेला उनी साइक्लिङ र स्विमिङ पनि गर्छिन् । 

उनी वर्कआउटसँगै सन्तुलित आहारमा जोड दिन्छिन् । दिनको सुरुवात तातो पानी पिएर गर्छिन् । ब्रेकफास्टमा प्रायः अन्डा, फलफूल वा जुस लिन रुचाउँछिन् । स्न्याक्स, स्याउ र केराको लस्सीमा प्रोटिन पाउडर मिसाएर खान उनलाई मन पर्छ । लन्चमा दाल–भातसँगै सलाद पर्याप्त लिन्छिन् । 

जहाँसुकै जाँदा पनि पानीको बोतल लिएर जान्छिन् । साँझको समय फलफूल खान्छिन् । र, डिनरमा आलु–गोबी, बटर चिकेन, पालक पनिरलगायत खानेकुरासँगै सलाद लिन्छिन् ।