१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी बनाउनुस् घरमै बर्गर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५६:oo

युवापुस्तामाझ बर्गर निकै लोकप्रिय छ । मिठो अनि छिट्टै तयार गर्न सकिने भएकाले युवपुस्ताले यो फास्टफुड रोज्ने गरेका हुन् । नेपालमा चिकेन बर्गर र भेज बर्गर धेरै चलेको छ । यसलाई घरमै पनि बनाउन सकिन्छ ।

विजय सुवेदी सिनियर सेफ, कान्तिपुर होटेल ट्रेनिङ सेन्टर

चिकेन बर्गर : चिकेन बर्गर बनाउनका लागि पहिले बर्गर पेटिस बनाउनुपर्छ । त्यसका लागि  किमा गरेको चिकेन आवश्यक पर्छ । त्यस्तै, चप गरेको प्याज, अदुवा–लसुन, नुन, मरिच र थोरै मात्रामा मैदाको पिठो चाहिन्छ । यी सबै सामग्री राम्रोसँग मिक्स गर्नुपर्छ । त्यसपछि बर्गरको ब्रेडको साइज बनाएर हाल्ने र तावामा थोरै तेल हालेर पकाउनुपर्छ । पेटिस आधा डुब्ने गरी तेल हाल्नुपर्छ । पेटिस पाकेपछि आलु टिक्की, टमाटरको स्लाइस, मसिनो गरी काटिएको प्याज, गाँजर, सलाद पात, टोमाटो सस, मसला, चिजको स्लाइस, काँक्रालगायतलाई एरेन्ज गरेर बर्गर ब्रेडभित्र राखेपछि बर्गर तयार हुन्छ । 

भेज बर्गर : भेज बर्गर बनाउनका लागि पहिले भेज पेटिस तयार गर्नुपर्छ । त्यसका लागि चप गरिएको मिक्स भेजिटेबल आवश्यक पर्छ । त्यसमा चप गरिएको प्याज, अदुवा–लसुन, नुन, मरिच र थोरै मात्रमा मैदाको पिठो मिसाउनुपर्छ । त्यसलाई तावामा हालेर पकाउनुपर्छ । पेटिस आधा मात्रै डुब्ने गरी तेल हाल्नुपर्छ । पेटिस पाकेपछि आलु टिक्की, टमाटरको स्लाइस, मसिनो गरी काटिएको प्याज, गाँजर, सलाद पात, टोमाटो सस, मसला, चिजको स्लाइस, काँक्रालगायत एरेन्ज गरेर बर्गर ब्रेडभित्र राखेपछि भेज बर्गर तयार हुन्छ ।

ad
ad