मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार १७:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेसँग मिलेर सरकार बनाउने विकल्पमा माओवादी खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १७ शनिबार १७:४५:००

नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्ने विकल्प खुला रहेको बताइएको छ।

सरकार गठनबारे विभिन्न विकल्पहरू खुला राखिएको बैठकपछि पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए।

‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो। अपेक्षा गरिएअनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो,’ सञ्चारकर्मीहरूसँग महराले भने, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन। र, अन्य अप्सन पनि खुला राखिएको छ। विभिन्न विकल्पमा जान सकिन्छ। तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन।’

माओवादीको पदाधिकारी बैठक सोमबार अपराह्न २ बजे पनि बोलाइएको छ। उक्त बैठकले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देव गुरुङले बताए।