१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १७ शनिबार
  • Sunday, 11 May, 2025
२o७९ मङ्सिर १७ शनिबार १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कागती र खुर्सानीको माला पहिराउँदै मतदाताले भने- अबको २५ वर्ष कसैको नजर नलागोस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १७ शनिबार १३:४६:oo

कांग्रेस महामन्त्री तथा झापाबाट निर्वाचित विश्वप्रकाश शर्मालाई मतदाताले कागती र खुर्सानीको मालाले सम्मान गरेका छन्। 

‘मतदाता सम्मान अभियान’ क्रममा गाउँ घुमिरहेका शर्मालाई मेचिनगर ९ लिलाबस्तीका जनताले फूलको माला र खादासँगै कागती र खुर्सानीको माला लगाइदिएका हुन्। 

नेपाली समाजमा ‘कसैको नजर नलागोस्’ भनेर कामना गर्नुपर्दा घरमा,  कागती र खुर्सानीको माला लगाउने तथा झुण्ड्याउने चलन छ। 

कागती र खुर्सानीको माला लगाइदिएको लिलाबस्ती शर्मालाई दूध खुवाएर बचाउने आमा देउकुमारी श्रेष्ठको गाउँ हो। विश्वप्रकाशकी आमा सावित्री शर्माको दूध नआएपछि छिमेकमै सुत्केरी रहेकी श्रेष्ठले डेढ वर्षसम्म उनलाई दूध खुवाएकी थिइन्। लिलाबस्तीवासीले शर्मालाई सतप्रतिशत मत हालेका थिए।