Skip This
उपमहासचिव पुन फलोअप उपचारका लागि आज चीन जाँदै
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १६ शुक्रबार
  • Tuesday, 16 September, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १६ शुक्रबार १३:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपमहासचिव पुन फलोअप उपचारका लागि आज चीन जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १६ शुक्रबार १३:oo:oo

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि आज चीन जाने भएका छन्। नेता पुनलाई वंशाणुगत रूपमा रहेको जन्डिसले फेरि सताएपछि यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्। यसअघि ०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुबई–ग्वांझाओ हुँदै सेनजेन जान लागेका उनको सचिवालयले जनाएको छ। गत वर्ष चीनमा उपचार गरेर फर्कंदा जन्डिसको मात्रा (बिलरुविन) नौ रहेकामा अहिले बढेर ३५ पुगेको छ। नेता पुनसँगै उपचारका लागि पूर्वसभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शिला पनि जानेछन्।

काठमाडौंमा रगत, ब्लडप्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि उनी चीन जान लागेका हुन्।

चीन जानुअघि उपमहासचिव पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरेका छन्। रासस