Skip This
डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पन्छाए पनि ट्युनिसियाको ढोका खुलेन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर १४ बुधबार २३:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पन्छाए पनि ट्युनिसियाको ढोका खुलेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार २३:३६:oo

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा विश्वविजेता फ्रान्सलाई हराए पनि ट्युनिसिया घर फर्किएको छ । 

समूह चरणको अन्तिम खेलमा आज अविश्वसनीय खेल खेल्दै ट्युनिसियाले फ्रान्सविरुद्ध १–० को जित निकाल्यो । तैपनि अन्तिम १६ मा पुग्न भने ट्युनिसिया असफल भयो । 

फ्रान्सबाट महत्वपूर्ण ३ अंक खोसेपछि ट्युनिसियाको चार अंक भयो । तर, सोही समूहको एउटै समयमा भएको अर्को खेलमा डेनमार्कलाई १–० गोलले हराउँदै अस्ट्रेलियाले पनि महत्वपूर्ण तीन अंक हासिल गर्‍याे । 

सो जितपछि अस्ट्रेलियाको ६ अंक भयो र ऊ उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्‍याे । यो समूहबाट ट्युनिसियासँगै डेनमार्क पनि बाहिरियो । डेनमार्कले तीन खेलबाट जम्मा एक अंक बटुल्यो ।