धनुषा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार यस क्षेत्रमा कांग्रेस उम्मेदवार महेन्द्र यादवलाई पछि पार्दै एमाले उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।
एमाले उम्मेदवार महासेठ ३२ हजार दुई सय ३६ मत प्राप्त गरेर विजयी भए भने कांग्रेस उम्मेदवार यादवले ३२ हजार एक सय १२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार महासेठ एक सय २४ मतले विजयी भए ।
यसैगरी, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महाजन यादवले पाँच हजार दुई सय १२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले चार हजार तीन सय ४३ मत ल्याए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सञ्जयकुमार यादवले एक हजार एक सय २१ मत प्राप्त गरेका छन् ।