Skip This
सोवितालाई ओनसरीको शुभकामना, ‘मतदाताका सुखदुःखमा सधैं सँगै हुनेछु’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर ७ बुधबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोवितालाई ओनसरीको शुभकामना, ‘मतदाताका सुखदुःखमा सधैं सँगै हुनेछु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १२:४४:oo

नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले काठमाडौं क्षेत्र नं २ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई बधाइ र शुभकामना दिएकी छन्। निर्वाचनमा जित–हार स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले यसलाई स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिएकी छिन्।

‘आवधिक निर्वाचनमा एकपटकको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हॅुदैन र हुन पनि सक्दैन। आजको राजनीतिक र सामाजिक परिवर्तन ल्याउन तथा सभामुख र अन्य राजकीय जिम्मेवारीमा रहेर मुलुकका लागि मैले विगतमा निर्वाह गरेको भूमिका इतिहासमा सदैब लिपिबद्ध भइ नै रहने छ। आगामी दिनहरुमा पनि मेरो भूमिकामा कुनै कमी आउने छैन,’ घर्तीले उल्लेख गरेकी छिन्।

काठमाडौं २ आफ्नो कर्मथलो भइसकेको बताउँदै उनले  यस क्षेत्रका मतदाताका सुखदुःखमा सधैं सँगै रहने प्रतिबद्धता गरेकी छिन्।