१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका अर्घाखाँची
२०७९ मङ्सिर ७ बुधबार ११:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्घाखाँचीको प्रदेश सभा १ बाट एमालेका आचार्य विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
२०७९ मङ्सिर ७ बुधबार ११:२३:००

अर्घाखाँचीको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार चेतनाराण आचार्य विजयी भएका छन् । आचार्य २० हजार ५१८ मत प्राप्त गरेर विजयी भएका हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसी (क्षेत्री) ले १९ हजार ७७८ मत प्राप्त गरेका छन् । 

टोपबहादुरको अग्रता कायमै
यसैगरी प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ । वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल भन्दा एमालेका रायमाझी २ हजार ६३ मतले अगाडि छन् । 

पछिल्लो मतपरिणाम अनुसार रायमाझीले २३ हजार ७ सय २७ प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार भुसालले २१ हजार ६ सय ६४ मत प्राप्त गरेकी छिन् । अहिले सन्धिखर्क नगरपालिकाको मत गणना भइरहेको छ ।