१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुर्खेत २ मा कांग्रेसका थानी विजयी, १ मा कांग्रेस उपसभापति खड्का अघि बढ्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२o:oo

प्रतिनिधिसभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार विजयी हुने संकेत देखिएको छ । हालसम्मको नतिजाअनुसार १ नम्बर क्षेत्रको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका हृदयराम थानी निर्वाचित भइसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसले थानीले ३४, ६२५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमाालेका अमृत बहादुर बुढा क्षेत्रीले २९,५५८ मत ल्याएका थिए ।

त्यस्तै सुर्खेत १ मा पनि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अग्रता लिइरहेका छन् । तीन हजार २३८ मत गणना हुँदा खड्काले १ हजार ७७२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका ध्रुवकुमार शाहीले १३ सय ५५ मत प्राप्त गरेका छन् । 

यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गरेका छन्् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन् । सुर्खेत–१ मा मंगलबार राति १२ बजेबाट मत गणना सुरु भएको थियो । 

यस्तै प्रदेशसभातर्फ पनि सत्ता गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् । प्रदेश ‘क’तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार २०० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका ठम्मर विष्टले १ हजार ३२६ मत प्राप्त गरेका छन् । प्रदेशसभा ‘ख’बाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण जिसी ‘जितेन्द्र’ १ हजार १७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका डण्डीप्रसाद शर्माले ९२९ मत प्राप्त गरेका छन् ।
 

ad
ad