Skip This
संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु : गगन थापा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Saturday, 27 July, 2024
नवीन अर्याल काठमाडौं
२o७९ मङ्सिर ६ मंगलबार १३:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु : गगन थापा

Read Time : < 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १३:o८:oo

काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेसका प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन्।

‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु’ निर्वाचन मतपरिणम घोषण कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, ‘अहिले जनताले स्थायित्वसँगै देशलाई हाँक्ने नयाँ चालक पनि चाहेका छन्, त्यो चालक कांग्रेसभित्रै छ।’

उनले थपे, ‘पार्टीभित्र पनि पनि नयाँ नेतृत्वका विषयमा बहस भइरहेको छ, संसदीय दलदेखि सरकारको नेतृतृत्वमा नयाँ चालक हुनुपर्ने अपेक्षा छ, देशभरबाटै यो विचार व्यक्त भएको हुँदा सम्मान गर्नुपर्छ।’ 

नवनिर्वाचित संसद थापाले मतदानको आशा, भारोसा र मनको कुरा पुरा गर्न लागिपर्ने पनि बनाए। उनले मतदाताको विश्वासमाथि घात हुन नदिने प्रतिवद्धता समेत जनाएका छन्। ‘मतदाताले आफूलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नेछु’उनले भने।

यो निर्वाचनमा गठबन्धनले नै बहुमत पाउने र गठबन्धनकै सरकार बन्ने थापाले दाबी गरे। अहिलेको गठबन्धनले बहुमत प्राप्त गर्ने र सरकार बनाउने दाबी गर्दै उनले सरकार बन्ने वित्तिकै ‘देशमा राम्रो हुँदैछ’ भन्ने विश्वास दिलाउनुपर्ने चुनौती पनि रहेको उल्लेख गरे।

उनले काठमाडौं–४ बाट २१ हजार ३०२ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी एमालेका राजन भट्टराईले १३ हजार ८५५ प्राप्त गरे। उनी सात चार सय ४७ मतान्तरले बिजयी भएका हुन्। 

नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरुले देशैभरिबाट राम्रो मत ल्याइरहेको विषयमा थापाले संविधानमा उल्लेख भएका वाचाहरु पूरा नभएपछि मतदाताले मत र आक्रोश व्यक्त गरे बताए।