
काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।
२० हजार ६५ मत गणना हुँदा पौडेलले सात हजार तीन सय ५० मत प्राप्त गरेका छन् भने एमालेका इश्वर पोखरेलले पाँच हजार एक सय १३ मत ल्याएका छन् । पौडेलभन्दा पोखरेल दुई हजार दुई सय ३७ मतले पछाडि छन् ।