
सिन्धुपाल्चोकमा आज सोमबार दिउँसोबाट मतगणना हुने भएको छ।
प्रमुख निर्वाचन अधिकृत विदूर कोइरालाका अनुसार दिउँसो १ बजे सर्वदलीय बैठक पश्चात मतगणना हुनेछ।
तीन सय २० मध्ये सदरमुकाम चौताराबाट दुर्गममा पर्ने तेम्बाथाङ मतदान केन्द्रको मतपेटिका नआइपुग्दा मतगणनामा ढिलाइ भएको हो। ‘आठ घण्टा पैदल हिँड्नुपर्ने तेम्बाथाङको मतपेटिका आइनपुगेकोले मतगणना ढिला भएको हो,’ उनले भने।
जंगल, भीर र खोलाको बाटो भएकोले तेम्बाथाङ केन्द्रको मतपेटिका बोकेका कर्मचारी र सुरक्षाकर्मी सोमबार बिहान ६ बजेमात्रै सदरमुकामका लागि प्रस्थान गरेको कोइरालाले बताए।
तेम्बाथाङका दुई सय ५० मतदाताले पहिलो पटक आफ्नै गाउँमा भोट हाल्न पाएका हुन् । यसअघि उनीहरू आठ घण्टा हिँडेर गुम्बाथाङ आउँथे।