काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिकामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। वाणगंगा– ३, तिनकुनेमा लु.१ब ३४१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६३ वर्षीया जलिया थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार बिहान करिब ९ बजे वाणगंगा–१ बस्ने ४५ वर्षीय शिवलाल घिमिरेले चलाएको मोटरसाइकलले वाणगंगा–४, गजेहडाकी थारूलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी उनको बिहान १०ः१० बजे उपचारका क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले मोटरसाइकलचालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।