राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार र पूर्वाधार विकासमा जोड

शुक्रबार, २३ असोज, २०८३
डिजिटल संस्करण


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्य, कमल सुवेदी, स्वास्थ्यसचिव डा. विकास देवकोटा, मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान, प्रतिष्ठानका उपकुलपति डा. अजयकुमार मिश्र र रजिस्ट्रार श्याम लम्साललगायतको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मेहताले प्रतिष्ठानको विकास र स्वास्थ्य सेवा सुधारका लागि स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । उनले  प्रतिष्ठानको सेवा विस्तार तथा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने विषयमा मन्त्रालयले सहकार्य गर्ने बताइन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले यस क्षेत्रका नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । उनले स्वास्थ्य सेवाको गुणस्तर सुधार र प्रतिष्ठानको संस्थागत विकासमा जोड दिए।

माननीय कमल सुवेदीले प्रतिष्ठानको समग्र विकासका लागि स्वास्थ्य सेवामा सुधारसँगै प्रशासनिक व्यवस्थापनलाई पनि प्रभावकारी बनाउनुपर्ने धारणा राखे।

प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा आयोजित अन्तरक्रियाले स्वास्थ्य सेवा विस्तार, भौतिक पूर्वाधार विकास र प्रशासनिक सुधारका विषयमा सरोकारवालाबिच छलफल गर्ने अवसर प्रदान गरेको छ।

सुझावित समाचार