बैतडी । बैतडी जिल्लाको अरिगाउँ आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आइतबार दिउँसो १ बजेर ६ मिनेटमा बैतडीको अरिगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको हुन सक्ने भए पनि यसको प्रभाव र क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।