कांग्रेस महामन्त्री (महिलातर्फ) मा डिला संग्रौलाको उम्मेदवारी

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डिला संग्रौलाले महामन्त्री (महिलातर्फ) पदमा उम्मेदवारी दर्ता गराएकी छिन्।

संग्रौलाले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा केही समयअघि आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी दर्ता गराउने क्रम जारी छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ।

निर्धारित समयभित्र सभापति, उपसभापति, महामन्त्रीलगायत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेको छ।

सुझावित समाचार