मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २५ सोमबार
  • Wednesday, 09 April, 2025
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत २५ सोमबार o६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कुलमानको पुनर्बहाली माग गर्दै बृहत् प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत २५ सोमबार o६:o३:oo

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध आइतबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको छ । नागरिक समाजका अगुवा डा. गणेश योञ्जनको नेतृत्वमा भएको प्रदर्शनमा कुलमानलाई पुनः नियुक्त गर्नुपर्ने र ऊर्जामन्त्री दीपक खड्काले राजीनामा दिनुपर्ने माग गरिएको थियो ।

साथै, प्रदर्शनकारीले कुलमानलाई देशको नेतृत्व गर्ने अवसर दिनुपर्नेसमेत माग राखेका थिए । १८ घण्टाको लोडसेडिङ हटाएझैँ कुलमानले मुलुकको नेतृत्व गरेर विकृति र विसंगति पनि हटाउन सक्ने क्षमता राख्ने प्रदर्शन पक्षधरको भनाइ थियो ।

नागरिक अभियन्ता डा. योञ्जन, डा. सुन्दरमणि दीक्षित र शान्ताप्रकाश श्रेष्ठले सरकार गलत बाटोमा लागेकाले आन्दोलन आवश्यक रहेको बताए ।