१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
२o८१ चैत २७ बुधबार ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीपीडितलाई प्रदेश सरकारले पचास लाख सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार ११:५९:oo

अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बुधबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपत् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागीपीडितका लागि तत्काल बान्नीगढी जयगढ गाउँपालिकालाई पचास लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भिक चरणमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए। उनले भने, ‘मंगलबार बेलुकी जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायतास्वरूप तत्कालका लागि ५० लाख रुपैयाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत उपलब्ध गराउने निर्णय भएको छ ।’

सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए । यसका साथै प्रारम्भिक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने उनले बताए । यसका साथै आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि संघीय सरकार तथा विभिन्न संघसंस्था र दातृ निकायलाई राहत र पुनर्निर्माणका सन्दर्भमा सहयोगको अपिलसमेत मुख्यमन्त्री शाहले गरेका छन् ।  प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकासमन्त्री र आन्तरिक मामिलामन्त्रीलाई  जयगढ पठाउने निर्णयसमेत गरेको छ ।