१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २७ बुधबार ११:५o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कुमुदिनीमा मन्टेसरीका ३५ विद्यार्थीको ग्य्राजुएसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार ११:५o:oo

गैह्रापाटन, पोखरास्थित विद्यालय कुमुदिनी होम्सका प्रि–टु युकेजीका विद्यार्थीको ग्य्राजुएसन मंगलबार सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले १६औँ ब्याचका रूपमा ३५ विद्यार्थी दीक्षित भएको बताए । उक्त कार्यक्रममा बालबालिकाले वर्षभरि विद्यालयमा गरेका क्रियाकलाप, विद्यालयबाहिरको अनुभवसहितको श्रव्य–दृश्य प्रस्तुत गरिएको थियो ।

विद्यालयले समयानुकूलको अध्ययन पद्धति, नवीन अन्तर्राष्ट्रिय प्रयास, अनलाइन तथा प्रत्यक्ष तालिममा जोड दिइरहेको पालिखेको भनाइ छ । विद्यालयमा थ्रिडिआई तथा आइपिसी र चाइनिज भाषाका कक्षा सञ्चालन भइरहेको बताइएको छ । अध्यक्ष पालिखेले भने, ‘वेला–वेलामा स्वास्थ्य जाँच, कृषि कर्मको अनुभव र यो वर्षबाट महिनाका चार शुक्रबार बुक फ्री अर्थात् ती दिनमा विद्यार्थीलाई योगामा सहभागी गराउन सुरु गरिएको छ ।’

त्यसैगरी, अध्ययनरत अन्य विद्यार्थीले साइन्स, म्यानेजमेन्ट र होटेल म्यानेजमेन्ट अध्ययन गरिरहेका छन् । त्यसैगरी, विद्यालयमै प्रथम एसइई कप प्रतियोगितासमेत मंगलबारबाट सुरु भएको छ । एसइई दिएर बसेका विभिन्न जिल्लाका ७१ विद्यालयका विद्यार्थीबिच प्रतिस्पर्धा सुरु भएको हो । प्रतियोगितामा फुटसल तथा बास्केटबल समावेश छन् । एसइई दिएर बसेका विद्यार्थीलाई समय खेर नफाल्न, सौहार्दता बढाउन तथा एक–आपसमा हेलमेलको मैत्रीपूर्ण वातावरण बनाउन प्रतियोगिता आयोजना गरिएको पालिखेलेल बताए । 

प्रतियोगितामा काठमाडौं, स्याङ्जा, लमजुङ, म्यग्दीलगायतका जिल्लाबाट ७१ विद्यालयका विद्यार्थी सहभागी भएका छन् । फुटसलतर्फ विजेता टोलीले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीयले १० हजार तथा तृतीयले पाँच हजार प्राप्त गर्नेछन् । त्यस्तै, बास्केटबलतर्फ पुरुष विजेताले १५ हजार र दोस्रोले १० हजार पाउनेछन् । महिलातर्फ भने प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५, १० र पाँच हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।