सन् १९३८ : जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स र इटली चेकोस्लोभाकियाको जर्मनभाषी क्षेत्र सुडेटेनल्यान्ड जर्मनीलाई सुम्पन तयार भए । सोही दिन यससम्बन्धी ‘म्युनिक सन्धि’मा हस्ताक्षर गरे ।
सन् १७९१ : फ्रान्सेली क्रान्तिपछि बनेको संविधानसभाले संविधान निर्माण गरेसँगै यसै दिन भंग भयो ।
सन् १९४९ : अघिल्लो वर्ष जुन महिनामा सोभियत संघले पश्चिम बर्लिनमा नाकाबन्दी लगाएपछि पश्चिमी शक्तिले सो सहरमा आवश्यक सामान पुर्याउन सुरु गरेको ‘बर्लिन एअरलिफ्ट’ यसै दिन अन्त्य भयो ।
सन् १९६६ : बेलायतको संरक्षित क्षेत्र ‘बेचुआनाल्यान्ड’ले स्वतन्त्रता हासिल गरेसँगै आफूलाई ‘बोत्स्वाना गणतन्त्र’का रूपमा चिनायो ।