Skip This
कालीगण्डकी करिडोर अवरुद्ध भएपछि चीनसँगको कोराेला नाका पनि ठप्प
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १२ सोमबार २२:३१:oo
Read Time : < 1 मिनेट
समाचार

कालीगण्डकी करिडोर अवरुद्ध भएपछि चीनसँगको कोराेला नाका पनि ठप्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार २२:३१:oo

रसुवागढी नाका बन्द भएपछि चीनसँग कोराेला नाकाबाट आयात बढेकोमा कालीगण्डकी करिडोर अवरुद्ध भएपछि सो नाकामा पनि अवरोध भएको छ।  असोज ८ गतेदेखि परेको अविरल वर्षाको कारणल मालढुंगा– बेनी–जोमसोम–कोराेला सडक योजनाको विभिन्न खण्डमा पहिरो, सडक कटान गरेकाले सडक अवरुद्ध छ। 

उक्त सडकखण्डमा पर्ने  फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी १, २, ३, बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर, दाना, लाटोखोला भन्ने स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो गएर सडक अवरुद्ध भएको  हो। त्यस्तै, पोखरेबगर पुलको पहुँचमार्ग बगाएको, तातोपानी कुण्ड, नाच्य्रांङ, खामभित्ता भन्ने स्थानमा नदीको उच्च बहाबको कारणले बाटो कटान भएकाले सडक अवरोध भएको छ। उक्त अवरोध भएको सडकखण्डलाई सञ्चालन गर्न सडक विभाग एवं सो मातहतका निकायहरूले  काम थालेका छन् ।   केही स्थानहरूमा सडक नियमित भइसकेको र आगामी दिनमा वर्षा रोकिएर काममा कुनै अवरोध नभएमा तीनदेखि ६ दिनभित्र सडक सञ्चालन गर्ने लक्ष्य छ । 
 

↑