ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिएको आरोपमा बाँके प्रहरीले एक महिलालाई काठमाडौंबाट पक्राउ गरेको छ।
बैजनाथ गाउँपालिका– २ का ३२ वर्षीय एक पुरुषलाई हनी ट्र्यापमा पारेको आरोपमा गोकुलगंगा गाउँपालिका– २, रामेछाप घर भई हाल काठमाडौं महानगरपालिका– १०, सुकेधारा बस्ने ३० वर्षीया सबिता श्रेष्ठलाई बाँके प्रहरीले पक्राउ गरेको हो।
ब्ल्याकमेलिङ गरी आर्थिक लाभ उठाउने पूर्वयोजनाअनुसार प्रेम र शारीरिक सम्बन्धको जालमा पारी विभिन्न मुद्दामा फसाउने डर, त्रास, धाकधम्की दिँदै पटक-पटक नगद तथा जिन्सी सामान लिएको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रतीतसिंह राठौरले जानकारी दिए।
पक्राउ परेकी श्रेष्ठलाई बाँके ल्याएर अनुसन्धान गरी मुद्दा दायर गरिने डिएसपी राठौरले बताए।