मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सामाजिक सञ्जाल बन्द हुने प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालको संकेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४२:oo

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन्। बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले सामाजिक सञ्जाल र अनलाइन प्लाटफर्म प्रायः हामी सबैको लत बनेको उल्लेख गरे।

उनले लेखेका छन्, ‘प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म दैनिक दर्जनौँ स्टाटसमार्फत आ–आफ्ना गतिविधिबारे जानकारी दिने र भावनाको साटासाट गर्ने गरिँदै आएको छ। यस्तो लाग्छ– केही गरी यी प्लेटफर्महरू बन्द भयो भने के होला ?’ 

केही अवाञ्छित तत्त्वका असामाजिक भूमिका र केही गैरजिम्मेवार व्यक्तिका कामको कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचीकृत नगरेसम्म रोक लगाउने आदेश दिएको बताए।  दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेाटफर्महरू निष्क्रिय हुने उनले संकेत गरेका छन्। 

‘लतकै रूपमा हाम्रो जीवनमा जोडिएका यी सञ्जाल र प्लाटफर्म चाँडोभन्दा चाँडो सूचीकृत होऊन् र हामीले शीघ्र यसको प्रयोग गर्ने वातावरण बनोस्,’ उनले लेखेका छन्। 

छुटाउनुभयो की ?