मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तापक्षका सांसदलाई शाहीको कटाक्ष– किसानको रकम दिऊँ, माइतीघरमा फोटोसेसन गर्नुपर्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२o:oo

राप्रपा सांसद ज्ञानबहादुर शाहीले संसदबाट नीति–नियम बनाएर उखु किसानको रकम भुक्तानीकाे पहल गर्न आग्रह गरेका छन्।

किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डला पुगेका सांसदहरूलाई व्यंग्य गर्दै शाहीले रकम उपलब्ध गराएपछि सबै मिलेर संसदमै फोटोसेसन गर्ने बताए।

‘उखु किसानहरू माइतीघर मण्डलामा आन्दोलनरत छन्। सत्तापक्षकै सांसदहरू माइतीघर गएर फोटोसेसन चलिरहेको छ। माइतीघरमा गएर फोटोसेसन गर्नुपर्दैन । यहीँ आऔँ, नीति बनाऔँ, सबै एकजुट बनौँ, किसानको रकम उपलब्ध गराऔँ र यही संसदमै फोटोसेसन गरौँला भन्ने अपिल गर्न चाहन्छु,’ उनले भने।

सांसद शाहीले लिपुलेक र लिम्पियाधुराबारे भारत र चीनसँग प्रधानमन्त्रीस्तरमै वार्ता हुनुपर्ने प्रस्ट्याए। संयुक्त राष्ट्र संघमा यो विषय नउठाएकोमा उनले असन्तुष्टि पनि जनाए।
 

छुटाउनुभयो की ?