मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सञ्चालनमा आयो मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o१:oo

मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा सञ्चालनमा आएको छ । शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले उद्घाटन गरे । बैंकले जमलमा रहेको आफ्नो शाखालाई काठमाडौं महानगरपालिका– ४ स्थित चिलिमे टावरमा स्थानान्तरण गरी औपचारिक सुरुवात गरेको हो । 

कार्यकारी निर्देशक पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दैन जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिए । त्यसैगरी, बैंकका सञ्चालक उमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजनाबारे जानकारी गराएका थिए । 

साथै, निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणका लागि बैंक तथा नियामक निकायले अख्तियार गर्नुपर्ने रणनीतिबारे प्रकाश पारेका थिए । बैंकका सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।