
प्रभु बैंक र मार्फा प्यालेस होटेलबिच व्यावसायिक साझेदारी भएको छ । बैंकका कर्मचारी तथा ग्राहकलाई घरपझोङ गाउँपालिका वडा नम्बर– २ मार्फास्थित होटेलमा उपलब्ध सेवामा छुट प्रदान गर्न दुवै पक्ष सहमत भएका छन् । छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट जोमसोम क्लस्टर प्रमुख तथा जोमसोम शाखा प्रबन्धक नरेन्द्र थकाली र होटेलका तर्फबाट केशव रिजालले हस्ताक्षर गरेका हुन् ।
यससँगै बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड–क्रेडिट कार्ड तथा अन्य विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा होटेलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जनलगायतका सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
स्याउको राजधानीका रूपमा चिनिने मार्फा गाउँमा अवस्थित मार्फा प्यालेस होटेल आरामदायी बसाइका लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्ने बताइएको छ । दुवै पक्षबिचको यो साझेदारीले मुस्ताङको पर्यटन प्रवद्र्धनका साथै बैंकका ग्राहक पनि लाभान्वित हुने विश्वास लिइएको छ ।