मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सार्वजनिक ऋण पौने २७ खर्ब पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

नेपाल सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋण पौने २७ खर्ब पुगेको छ । चालू आव ०८२/८३ को पहिलो महिना साउन मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँबराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ ।

गत असार मसान्तसम्म सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड थियो । साउन महिनामा मात्र १४ अर्ब दुई करोड रुपैयाँ ऋण बढेको हो । सो अवधिमा सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब १२ करोड पुगेको छ । बाह्य ऋण १४ खर्ब दुई अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।

कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५२.२६ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.७४ प्रतिशत पुगेको छ । देशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)मा ऋणको हिस्सा ४३.९४ प्रतिशतबराबर पुगेको हो ।

साउनमा सरकारले कुल ४४ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । जसमा ४० अर्ब आन्तरिक ऋण र चार अर्ब ५७ करोड ४८ लाख बाह्य ऋण रहेको छ । सरकारले चालू आवमा कुल पाँच खर्ब ५९ अर्ब ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । त्यस्तै, ऋण सेवामा कुल चार खर्ब ११ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

साँवा–ब्याज साढे ३६ अर्ब भुक्तानी
सरकारले साउन महिनामा ऋण सेवामा साढे ३६ अर्ब रुपैयाँ खर्चिएको छ । यस अवधिमा सरकारले ऋण सेवाअन्तर्गत साँवा भुक्तानीमा ३० अर्ब ५५ करोड ११ लाख र ब्याज भुक्तानीमा ६ अर्ब १३ करोड ३१ लाख खर्चिएको हो ।

सरकारले आन्तरिकतर्फ २७ अर्ब १० करोड साँवा र पाँच अर्ब १३ करोड ब्याज गरी कुल ३२ अर्ब २३ करोड ७३ लाख रुपैयाँ खर्चिएको छ । त्यस्तै, बाह्यतर्फ तीन अर्ब ४५ करोड ११ लाख साँवा र ९९ करोड ५८ लाख ब्याज गरी कुल चार अर्ब ४४ करोड ६९ रुपैयाँ खर्चिएको हो । सरकारले साउनमा ऋण सेवामा गरेको कुल खर्च जिडिपीको तुलनामा ०.६ प्रतिशतबराबर हो ।