मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

८४ को चुनावमा एकल बहुमत ल्याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार बनाउने गरी लाग्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

पार्टीका शुभेच्छुक संस्था समन्वय विभागको कार्यक्रमलाई सम्बोधन गर्दै पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्य निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको बताए।

उनले भने, ‘यस्ता भाष्यलाई चिर्दै हामी शक्ति र क्रियाशील हुन आवश्यक छ। पार्टीका शुभेच्छुक संस्थाहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याई कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सबै एकताबद्ध भएर अघि बढ्न आवश्यक छ।’

उनले आज मुलुकको सबैभन्दा ठुलो पार्टी कांग्रेस नै रहेको भन्दै आगामी दिनमा पनि सबै मिलेर बलियो बनाउनुपर्ने बताए।