मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 18 August, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेरो एमाले सदस्यता नवीकरण भइसक्यो, यो अधिकार कसैले खोस्न सक्दैन : विद्या भण्डारी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो एमाले सदस्यता नवीकरण भइसकेको उल्लेख गर्दै व्यक्तिको राजनीतिक अधिकार कसैले खोस्न नसक्ने बताएकी छिन्। आवधिक राष्ट्रपतिको पद समाप्त भएपछि जोसुकै नागरिक आफ्नो सामाजिक र राजनीतिक जीवनमा फर्कन सक्ने उनकाे तर्क छ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले आवधिक पद समाप्त भएपछि जुनसुकै नागरिक जनताबाट निर्वाचित भएर सामाजिक र राजनीतिक जीवनमा आउन सक्ने बताएकी हुन्।

भण्डारीले आफू नेकपा (एमाले)को संगठित सदस्य र कार्यकर्ता नै रहेको दाबी गर्दै आफू पार्टीको नीति र सिद्धान्तअनुरूप नै अगाडि बढ्ने प्रस्ट पारिन्। उनले भनिन्, ‘मैले आफ्नो ४५ वर्षको समय एमालेमा आबद्ध भएर योगदान गरेकी छु। यसैले सधैँ पार्टीको हितमा सक्रिय भएर लागिरहन्छु।’

पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीको निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको बताउँदै उनले भनिन्, ‘कमिटीमा बस्नेहरूलाई थाहा होला !’ पूर्वराष्ट्रपति भण्डारीले गत १४ साउनमा  एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन्। तर, पार्टी केन्द्रीय समिति बैठकले उनको पार्टी सदस्यता नै खारेज गरिदिएको थियो।

पूर्वराष्ट्रपति भण्डारीलाई विराटनगर विमानस्थलमा एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारी, कोशी प्रदेश सरकारका राज्यमन्त्री सिर्जना राई, एमाले नेता विनोद ढकाल, एमाले मोरङ उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, पूर्वप्रदेश सांसद यशोदा तिम्सिनालगायतले स्वागत गरेका थिए। भण्डारी विराटनगरबाट प्रकाशित उद्घोष दैनिकको वार्षिकोत्वस कार्यक्रममा सहभागी हुन आएकी हुन्।