मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025
बैठकलाई सम्बाेधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी ।
२o८२ भदौ २ सोमबार १९:o१:oo
Read Time : < 1 मिनेट
समाचार

हिन्दु-कुश हिमालय संसदीय बैठक काठमाडौंमा सुरु

जैविक विविधता घट्दै गएको र लाखौँ मानिसमा असर पारिरहेकोमा चिन्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २ सोमबार १९:o१:oo

हिन्दु कुश हिमालय क्षेत्रमा साझा धारणा बनाउन र सहकार्यलाई बलियो बनाउन ‘हिन्दु कुश हिमालय संसदीय बैठक काठमाडौँमा सुरु भएको छ। जैविक विविधता तीव्र रूपमा घट्दै गएको र यसले वातावरण विनाश मात्र नभई लाखौँ मानिसको जीवनस्तरमा असर पारिरहेको विषयमा छलफल र संवादका लागि सरोकारवालाबिच बैठक आयोजना गरिएको हो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले जैविक विविधता तीव्र रूपमा घट्दै गएको र यसले वातावरण विनाश मात्र नभई लाखौँ मानिसको जीवनस्तरमा असर पारिरहेको प्रति चिन्ता व्यक्त गरे । 

उनले यो चुनौतीलाई बुझ्न गहिरो अनुसन्धान र प्रमाण आवश्यक रहेको भन्नु हुँदै सांसदहरूको भूमिका विशेष भए पनि कार्यपालिका, न्यायपालिका र सरकारका सबै निकायहरूले विकास, जैविक विविधता र जलवायु परिवर्तनबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको औँल्याए । 

उपाध्यक्ष अधिकारीले हिन्दु कुश हिमालय क्षेत्र साझा सम्पत्ति  भएको र यो कुनै एक देश वा अर्थतन्त्रले मात्र  चुनौती समाधान गर्न नसक्ने हुँदा  एकअर्कामा विचारहरू बाँड्न,् सिक्न र अनुभवहरू साटासाट गर्न आवश्यक रहेको बताए । 

राष्ट्रिय योजना आयोगले योजनाको आदानप्रदान र समन्वयलाई सावधानीपूर्वक विचार गर्न सांसद, कार्यपालिका र न्यायपालिकाबिच छलफललाई बढवा दिएको र यस्तो संवाद आयोगले सुरु गरिसकेको जानकारी समेत दिए ।