मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण ३० शुक्रबार १२:o८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टप एन्ड टी-२० सिरिज : नेपाल आज नर्दन टेरिटोरी स्ट्राइकसँग भिड्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १२:o८:oo

अस्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दै छ ।

डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा जेक वेदराल्ड छन् ।

एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, भीम सार्की, रूपेशकुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दै छन्। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।