
एनआइसी एसिया बैंकका ग्राहकले सिजी इन्टरनेट र आइपिटिभीको सेवामा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई इन्टरनेट सेवामा छुट उपलब्ध गराउन सिजी कम्युनिकेसन्स र बैंकबिच सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्सका प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरे । यो समझदारीपछि ग्राहकले पहिलोपटक सिजी इन्टरनेट र आइपिटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५ सय र संस्थागत रूपमा प्रयोग गर्दा २० प्रतिशत छुट हुनेछ ।
बैंकका अनुसार सिजी नेटको १५० एमबिपिएस, २५० एमबिपिएस र ३५० एमबिपिएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २५ सय छुट हुनेछ । त्यस्तै, इन्टरनेटसँगै आइपिटिभीको सेवा लिने नयाँ ग्राहक महानुभावहरूले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्ने बताइएको छ ।
साथै, हाल सेवा लिइरहेका ग्राहकले सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिना अतिरिक्त सुविधा पाउने बताइएको छ । छुट सुविधा प्राप्त गर्न सेवा लिनुपूर्व सिजी कम्युनिकेसन्समा फोन गरेर वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्नेछ ।