मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 15 August, 2025
हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीका अनुसार बाढीका कारण वडा १, ३ र ५ का चार हजारमध्ये १५ सयजना प्रभावित भएका छन् ।
गगन अयडी बाजुरा
Invalid date format o६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाजुरामा कुवाडी खोलाको वितण्डा : बाढीले ११ घर बगायो, १३ घर पूर्ण क्षतिग्रस्त

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
Invalid date format o६:३४:oo

बाजुरा सदरमुकामबाट कम्तीमा ७५ किलोमिटर उत्तरपूर्वी क्षेत्र, उपल्लो बाजुरामा कुवाडी खोलामा बाढी आउँदा वितण्डा मच्चाएको छ । हिमाली गाउँपालिकास्थित कुवाडी खोलामा एक्कासि आएको बाढीले वडा नम्बर १ बिच्छ्याँका १३ र वडा नम्बर ५ गोलीका ११ गरी २४ घर पूर्ण क्षतिग्रस्त (११ घर बगेका) भएका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । सञ्चार सेवा अवरुद्ध छ ।

बुधबार अपराह्न साढे चार बजे आएको बाढीले खोला छेउछाउका बस्तीमा क्षति गरेको हो । ७० बाख्रा, चारवटा गाई पनि बगाएको छ । यद्यपि, स्थानीयले भने भागेर ज्यान जोगाएका छन् । यहाँका ७० घरपरिवार अहिले घर छाडेर नन्दापाटा, रुगिन, बिच्छ्याँ लेक (दिउँदका लागि बनाइएको खर्कमा) गएका छन् ।

हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले १५ सय मानिस प्रभावित भएको बताए । बाजुरा प्रहरीका सूचना अधिकारी देवबहादुर चौधरीका अनुसार टेलिफोनको नेटवर्क नटिप्दा क्षतिको पूर्ण विवरण प्राप्त हुन सकेको छैन ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले विस्थापित परिवारका लागि खाद्यान्न, कपडा, भाँडाकुँडालगायतका सामग्री वितरण गर्ने तयारी भइरहेको बताए । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीले हिमाली क्षेत्रको यो बाढीको कारण वर्षा मात्र नरहेको बताए ।