मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गरिब भूमिहीनको नाममा माफियालाई जग्गा दिएर कमाउने धन्दा भइरहेको छ : प्रभु साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोगको नाम बदलेर ‘भूमाफिया आयोग’ राख्न सरकारलाई सुझाव दिएका छन्। सरकारले बिचौलिया र भूमाफियाका लागि भूमि विधेयक ल्याएको आरोप लगाउँदै उनले यस्तो बताएका हुन्।

प्रतिनिधिसभाको आज बिहीबारको बैठकमा साहले संविधानमा भएको व्यवस्थाअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले अहिलेसम्म किन जग्गा नपाएको भन्दै सरकारलाई प्रश्न गरे। ‘संविधानमै भएको अधिकार अहिलेसम्म किन अलपत्र छ। म सम्माननीय प्रधानमन्त्रीजीसँग सोध्न चाहन्छु– संविधानमै भएको अधिकार तपाईं कार्यान्वयन गर्न नसक्ने,’ उनले भने।

२०४८ सालदेखि सुकुम्बासीको नाममा हुकुम्बासीलाई जग्गा बाँड्ने काम भएको भन्दै साहले अहिले कुन कानुन र दफाले सुकुम्बासीलाई जग्गा दिन रोक्यो भन्दै प्रश्न गरे। प्रधानमन्त्रीको ‘मुखमा रामराम बगलीमा छुरा’ भएको आरोप लगाउँदै उनले सुकुम्बासीको नाममा बिचौलिया र भूमाफियालाई फाइदा पुग्ने काम गरिरहेको बताए।

साहले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै भने, ‘म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु– तपाईंहरू गरिब सुकुम्बासीको नाम बन्द गर्दिनुस्। तपाईंहरूको नियत गरिब सुकुम्बासीलाई दिने भन्ने छैन। तपाईंहरूले सिधा भूमाफियालाई दिएर आफ्नो भुँडी भर्ने हो।’