
बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.५० अंकले घटेको छ । बुधबार नेप्से ०.३७ प्रतिशतले घटेर २७८५.५७ विन्दुमा पुगेको छ ।
नेप्से घट्दा ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँबराबरको एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा ८९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३२१ वटा कम्पनीको सेयर ७० हजार ९९ पटक बिक्री भएको छ ।
१३ समूहमध्ये विकास बैंक, फाइनान्स, म्युचुअल फन्ड र अन्य समूह बढेको छ भने बाँकी अन्य सबै समूह घटेको छ ।