मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २८ बुधबार o७:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रास्वपाले गर्‍यो पलेशा र नेगीलाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o७:२५:oo

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय युवा तथा खेलकुद विभागले मंगलबार मलेसियाको कुचिङमा भएको दसौँ एसियाली पारा–तेक्वान्दो च्याम्पियनसिप (जी ४)की कांस्य पदक पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ ।

अन्तराष्ट्रिय युवा दिवस २०२५ को उपलक्ष्यमा आयोजना गरिएको फ्युचर लिडर्स समिट २०२५ को अवसरमा रास्वपाको केन्द्रीय युवा तथा खेलकुद विभागका प्रमुख तोसिमा कार्की र नेपाल तेक्वान्दो संघका उपाध्यक्षलगायतले गोवर्धन र नेगीलाई सम्मानित गरेका हुन् ।

पलेशाले पेरिस २०२४ पाराओलम्पिक र हाङझाउ एसियन पारा गेम्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । उनले अहिलेसम्म दुई स्वर्ण र चार कास्य पदक जितेकी छिन् ।

सन् २०१५ देखि स्वयंसेवक प्रशिक्षक नेगी अन्तराष्ट्रिय लेवल २ प्रशिक्षक हुन् । उनले सन् २०१६ देखि पलेशालाई प्रशिक्षण गरिरहेका छन् । नेगीको प्रशिक्षणमा नेपालले पारातेक्वान्दो टोली १२ वटा अन्तर्राष्ट्रिय अफिसियल पदक नेपालले जितेको छ ।