मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Wednesday, 13 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २८ बुधबार o७:१७:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार o७:१७:oo

सन् १९६१ : पूर्वी जर्मनीले पश्चिम जर्मनीको शासन रहेको बर्लिनको हिस्सालाई आफ्नो नियन्त्रणको बर्लिनबाट छुट्याउने गरी पहिले काँडेतार र पछि पर्खाल बनाउन सुरु गर्‍यो ।

सन् १८८९ : अमेरिकी आविष्कारक विलियम ग्रेले सिक्का हालेर चल्ने टेलिफोनको लागि यसै दिन प्याटेन्ट हासिल गरे ।

सन् १८९८ : स्पेनिस अमेरिका युद्धको क्रममा अमेरिकाले स्पेनको उपनिवेश रहेको फिलिपिन्सको राजधानी मनिला कब्जामा लियो । योसँगै फिलिपन्सिमा स्पेनिस उपनिवेश अन्त्य भयो भने अमेरिकी शासन सुरु भयो ।

सन् १९१० : ‘क्रिमिनिया युद्ध’मा घाइते ब्रिटिस सैनिकको सेवा गरेर विश्वभर चर्चामा आएकी फ्लोरेन्स नाइटिङगेलको ९० वर्षको उमेरमा यसै दिन निधन भयो ।

सन् १९९३ : अमेरिकाको डिस्ट्रिक्ट अफ कोलम्बियाको ‘कोर्ट अफ अपिल’ले अमेरिकाको सबै संघीय एजेन्सीले आफ्नो कम्प्युटर प्रणालीमा रहेका इमेललाई सुरक्षित अर्काइभ राख्नुपर्ने निर्णय गर्‍यो ।