
नेपाललाई ११–० ले हराउँदै साबिक विजेता उत्तर कोरिया एएफसी महिला यू–२० च्याम्पियनसिपमा छनोट भएको छ ।
समूह ‘ए’को तीनै खेल जितेको उत्तर कोरियाले नौ अंक जोडेको छ । नेपालले चार अंक जोड्यो । यसअघि उत्तर कोरियाले साउदी अरेबियालाई १५–० तथा भुटानलाई ११–० ले नै हराएको थियो ।
आइतबार भुटानको राजधानी थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा उत्तर कोरियाले खेलभर नेपाललाई दबाबमा राखेको थियो । नेपालले खेलभर एकपटक पनि विपक्षीको पोस्टमा राम्रो प्रहार गर्न सकेन ।
यसअघि नेपाल भुटानसँग १–१ को बराबरी खेल्दा साउदीलाई १–० ले हराएको थियो । यो हारपछि नेपालको एसियन कप खेल्ने सम्भावना सकिएको छ ।